18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सबिन सिंह July 20, 2010, 6:25 pm

कल्पनामै उड़िदिदा आफ्नो आधार भुलिदिएँ ।

तिमी साथ भईदियौ सारा सँसार भुलिदिएँ ॥

फूल फुल्यो तुषारोमा, शीत झर्यो बसन्तमा।

मन त्यसै हाँसी दियो बन्जर बहार भुलिदिएँ॥

परेलीको बाँध टुट्यो, कोमल मन काँच हुदाँ ।

तिम्रा हातले आँसु पुछ्यौ भदौ असार भुलिदिएँ ॥

वैरी भए आफ्नाहरू, तिमीलाई आफ्नो मान्दा ।

माया पाएँ यति धेरै, घ्रिणा अपार भुलिदिएँ॥

हराएको "सबिन"को खोजी हुन्छ आजभोली ।

विलिन छु तिमी भित्र आफ्नो आकार भुलिदिएँ ॥

कपिलवस्तु

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।