18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राजकुमार कान्छा July 17, 2010, 10:29 pm

प्रकृतिले धर्तिमा एउटी परी बनाको छ

चञ्चले बतासले खबर यो जनाको छ

इन्द्रेणीका के कुरा, फूल पनि लजाउँछन्

सप्तरङ्ग छोडौं रङ्ग जति सब खनाको छ

निगाह नसालु, विषालु नजर, ओँठका के कुरा

चीज बाँकी छ र के ? सब थोक बनाको छ

लाखौं तारा थोरै हुन्छन् उनको चेहेरा सामू

जूनलाई नचम्किन उनकै खातिर मनाको छ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।