18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बिष्णु नन्द चाम्लिङ्ग July 17, 2010, 10:27 pm

पाखुरी सीपमा हल्हली जिन्दगी ।।

आतुरी मातमा तल्तली जिन्दगी ।।

बातमा प्यासले खोज्दथे पोखरी,

सम्झियो माथले कल्कली जिन्दगी ।।

माधुरी मातमा एकलै रातमा,

बेसरी सम्झिएँ झल्झली जिन्दगी ।।

निष्ट भै काममा जुट्दथेँ के गरी,

बग्द थे रक्त नै भल्भली जिन्दगी ।।

हर्षले जिन्दगी हाँस्दथेँ नाच्दथेँ,

तन्भरी मच्चियो खल्बली जिन्दगी ।।

ढल्किदो जिन्दगी काँ गयो 'बिष्णु'को

खोज्द थेँ आशमा अल्मली जिन्दगी ।।

इन्द्रेणिपोखरि ३ खोटांग, हाल: हंगकंग

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।