पहिलो दिन डल्लीले लजाउँदै तथा डराउँदै आमाको हातमा सय रुपियाँ राखिदिई । आमाले थाहा नपाएभैmँ गरेर आगोमा घिउ थपिदिइन् – स्याबास छोरी !.... मेरी छोरी पुरुषार्थी छे .............।
एक वर्षपछि डल्लीले साहूको ऋण तिरी । यसपटक उसले आमाको मात्र होइन, सम्पूर्ण परिवारको स्याबासी पाई ।
त्यसपछि घरमा टिन लगाउन, आमालाई गरगहना ल्याइदिन, बाबु तथा भाइबहिनीलाई पैसा एवम् कपडा ल्याइदिन डल्ली दुई वर्ष हराई । दुई वर्षपछि घर आउँदा उसका सम्पूर्ण परिवारहरू खुसी भएर बाकस खोसाखोस गर्न थाले । बाकसभित्र पैसा थिएनन्, गहना – कपडा केही पनि थिएनन्, त्यसमा त केवल डल्लीको एउटा रिपोर्ट थियो, जसमा लेखिएको थियो – एच.आई.भी. पोजेटिभ ।