ऊ रुनु यसपाली रहेछ
भन्थ्यो संसार जाली रहेछ
मैले मुटु धुन सकिन
भनेर घाउ पखाली रहेछ
पाएछ माया गरेको फल
छातीमा आगो बाली रहेछ
मेरो मनले मान्न सकेन
सबैले भन्थे दलाली रहेछ
सायद हरेस खाएर होला
मर्छु भन्न थाली रहेछ
कोहलपुर–२, बाँके
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।