मन्दिरमा सजाउनको लागि म फूल हुन सकिन ।
दोबाटोको सुचनावाचक म तुल हुन सकिन ।।
मनको वागमा न बसन्त छायो न शिशिर
गन्तब्यमा यात्रु डोराउने म पुल हुन सकिन ।।
मेरो माया सधै चोखो र एकातर्फि रहिरहे
तिमीलाई घोच्ने तिखो म सुल हुन सकिन ।।
प्यासी धर्ती,प्यासी म र सारा जगत भए
तिर्खाएर उनी आइन म मुल हुन सकिन ।।
गगनमा उड्ने रहरहरु जमिनमा नै रहे
सोझो "क्षितिज" म दुषितको हुल हुन सकिन ।।