सुन्दर शान्त प्रकृतिकी रानी तिम्रो गाउँ लाग्यो
मनले लखेट्यो र त चुँदी रम्घा जाउँ लाग्यो ।
भाषाको घाम ठुलो , धाम ठुलो सहित्यको थाम ठुलो
खण्डहर घर् आँगन् देख्दा यो मनमा घाउ लाग्यो।
दाँई गरेकै छन् आफ्नै भकारी भरेकै छन्
भानुको नाम बेच्न को कस्को दाउ लाग्यो ।
वर्षदिनमा मात्र सम्झना औपचारीकता कि वहाना
हिराको के अर्थ किरालाई भानुको त्यै भाउ लाग्यो ।
छर्नेले छरेनन् सुवास गर्नेले गरेनन् विकास
अब हामीः सबै मिलि कसम खाउँ खाउँ लाग्यो ।
दमौली एफ.एम, तनहुँ