18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत गोपीकृष्ण ढुंगाना July 9, 2010, 6:24 pm

काँडेढुङ्री ल्याइदिए मायाले

ल ल ल ल ल ल ल ल ल

ओत दिन्थे बोसालु छाँयाले

मन डालिमा फूल ए मन डालिमा फूल

पानी सरि सुक्दैन मायाको मुल

हे पानी सरि सुक्दैन मायाको मुल

आ आ आ हुँ हुँ हुँ हुँ....

सिलौटीमा राके मेला भरेको

हो होहो हो होहो हो...

बिर्सिएउकी हात समाइ झरेको

सुटुक्कै मन सुम्पिए मायाले

ओत दिन्थे बोसालु छाँयाले

कति राखुँ मन बन्दी पारेर

आ आ आ आ आ आ...

ल्याइदेउन सिरबन्दी छानेर

सबैका आँखा छोप्दिए मायाले

ओत दिन्थे बोसालु छाँयाले...

काव्य कुन्ज, भक्तपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।