जलिरहेथ्यो घर पसें रोकेन कसैले
नराम्ररी पोलिएछु बोकेन कसैले ।
छाडि हिंडे सबै साथी गुहार गुहार भन्दै थिएं
मानवताको पाठ सम्म घोकेन कसैले ।
कति लिन्छौ ब्यापारी हो पल्लो तीर सम्म पुग्न
सोधें मूल्य पनि आफ्नो तोकेन कसैले ।
केराउको कोसा लुछाचुंडि हुन्थ्यो हरियोमा
सुकें अब खडेरीले फोकेन कसैले ।
कति गाएँ, कति नाँचे, फुट्यो अब झर्यो खरी
थोत्रो मादल ट्याम्म सम्म ठोकेन कसैले ।
मणिग्राम, रुपन्देही