पत्थर झैं भा'छ मन गल्थ्यो तिमी हाँसी दिए
हामी बिच पर्खाल यो ढल्थ्यो तिमी हाँसी दिए
आत्मा छैन मान्छेसँग म'नि लास जस्तै भा'छु
बन्द मेरो धड्कन यो चल्थ्यो तिमी हाँसी दिए
मनको यो मझेरिमा अन्धकार छाएको छ
आशाको त्यो दिपज्योति बल्थ्यो तिमी हाँसी दिए
बाह्रैमासे खडेरिले कोपिला मै झर्दै छु म
लटरम्म खुशीहरु फल्थ्यो तिमी हाँसी दिए
समयले धेरै चोट दिएको छ दुख्छु सँधै
यो घाउमा मलम'नि दल्थ्यो तिमी हाँसी दिए
गुप्तेश्वर-३,रामेछाप; हाल: अबुधबि,युएई