18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समकालीन नेपाली कविताको इन्साइक्लोपेडिया

कृति/समीक्षा डा. रविन्द्र समिर July 5, 2010, 6:21 am

समकालीन कवि र कवितामाथि धेरै समालोचकहरू लेख्न हिचकिचाउँछन्। यस्तो स्िथतिमा समालोचक लक्ष्मणप्रसाद गौतमले समकालीन नेपाली कवि र कवितामाथि केन्दि्रत भएर ६ सय २८ पृष्ठको अनुसन्धान ग्रन्थ तयार पारेका छन्। यसअघि नै पाँचवटा समालोचनात्मक कृति, एउटा विज्ञान शब्दकोश र आधा दर्जन साहित्यिक कृतिहरूको सम्पादनको अनुभवबाट स्थापित भएका गौतम वस्तुवादी शैलीमा लेख्ने समालोचक हुन् र यो ग्रन्थ पनि प्रभावकारी प्रवृत्तिबाट मुक्त वस्तुगत र ब्यवस्थित समालोचना कृतिका रूपमा प्रस्तुत छ।

नौवटा परच्िछेदहरूको आयाममा आधुनिकता, समकालीनता, उत्तरआधुनिकता र यसभित्रका विविध पक्षहरूको स्पष्ट सिद्धान्त, विवाद र नेपाली तथा पाश्चात्य सन्दर्भसमेत प्रस्तुत गरएिकाले यो ग्रन्थ अझ विश्ािष्ट हुन पुगेको छ। समकालीन नेपाली कविहरूका विभिन्न प्रवृत्तिलाई प्रतिनिधित्व गर्ने कविताहरूमाथि विभिन्न कोणबाट व्यापक विश्लेषण गरएिको यस कृतिमा समकालीन नेपाली कवि र कविताको सिंगो चित्र उतारएिको छ। २०३६ को 'सडक-कविता क्रान्ति'देखि 'लोकतान्त्रिक गणतान्त्रिक कविता' ०६३/६४ सम्मका कविताका बारेमा जान्न, बुझ्न, ती कविताका प्रवृत्तिको अध्ययन र अनुसन्धान गर्नेका लागि यो कृति सशक्त आधार ग्रन्थ हो।

यसमा नेपाली कविताको संक्षिप्त चर्चा गर्दै आधुनिकताको सैद्धान्तिक स्वरूप, समकालीनताको सैद्धान्तिक स्वरूप, नेपाली कवितामा समकालीनता, समकालीन नेपाली कविताको प्रवृत्ति विश्लेषणको प्रारूप, समकालीन नेपाली कविताको वस्तुविश्लेषण, समकालीन नेपाली कविताका विविध पक्ष्ाको विश्लेषण, भाषाशैलीय विन्यासको विश्लेषण र अन्त्यमा समग्र निष्कर्ष प्रस्तुत गरएिको छ।

समकालीन नेपाली कविताका प्रवृत्तिको छैठौँ परच्िछेदमा 'समकालीन नेपाली कविताको वस्तुविश्लेषण' अन्तर्गत कविता सिर्जनापछिका कारणहरूको खुलेर व्याख्या गरएिको छ। जस अन्तर्गत उनले औँल्याएका प्रवृत्तिजन्य कारणहरू सटीक र उदाहरणीय पनि छन्।

खण्डखण्डमा विभाजित उनका कथनहरू त्यस कालका कविताहरूको जन्म हुनुमा जीवनको विसंगतिबोध र मानवीय अस्ितत्वको खोजी, कुण्ठा, हताशा, निराशा, उदासीनता र वितृष्णा, अन्योलग्रस्त जीवन, खोक्रोपना र दिशाहीनता, जीवनको मूल्यहीनतालाई अघि सारएिको छ। यसमा समालोचकले तत्कालीन विसंगत सामाजिक अवस्थाका कारण मानिसमा देखा परेको कुण्ठा, मानसिक पीडा र असुरक्षित मनस्िथतिलाई बढो सूक्ष्म र आधिकारकि ढङ्गले व्याख्या गरेका छन्। यस पृष्ठभूमिमा परविर्तित राजनीतिक, सामाजिक सन्दर्भ र युगीन यथार्थलाई कविले कवितामा कसरी वाणी दिए भन्नेबारेमा खुलेर चर्चा गरएिको छ।

समालोचक मोहनराज शर्माका शब्दमा यो कृति 'नेपाली साहित्यिक अनुसन्धान क्षेत्रको ग्रन्थमणि हो र निकै समयसम्म आधारग्रन्थका रूपमा रहिरहने मानककृति हो।' समकालीन नेपाली कविताका प्रवृत्ति, धार र दिशालाई समेत निर्दिष्ट गरएिको आजका कवितामा देखिएको 'ग्लोबलाइजेसन', 'टेक्नोकल्चर', 'डायस्पोरकि' चेतना, नारीवादीचेत, केन्द्रभञ्जन, सङ्घात्मकता आदि नवीन प्रवृत्तिलगायतका सयभन्दा बढी मूल तथा उपप्रवृत्तिहरूको निरूपण गरी तिनलाई समकालीन नेपाली कविहरूका कविताहरूको तथ्यांकद्वारा पुष्टि गरएिकाले यो ग्रन्थ विश्वसनीय र मानक बन्न पुगेको छ।

समकालीन समयका कविता लेख्ने पुराना कविदेखि नयाँ पुस्तासम्मका साढे तीन सयजति कविका कविताहरूलाई आधार बनाएर तयार गरएिको यो कृति समकालीन नेपाली कविताको ऐतिहासिक दस्तावेज हो। कृतिकार लक्ष्मणप्रसाद गौतम वस्तुवादी समालोचकका रूपमा प्रसिद्ध छन् र यस ग्रन्थमा पनि उनको त्यो शैली र प्रवृत्ति स्पष्ट देखिन्छ। समकालीन नेपाली कविहरूले गौरव मान्नुपर्ने यो कृति आजका कवि र समालोचक तथा अनुसन्धानकर्ताहरूलाई बौद्धिक खुराक हो। यसलाई नेपाली साहित्यको 'यू टर्न' मान्न सकिन्छ।

नेपाल साप्ताहिकबाट

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।