विरहको शेर कोर्नु दिनरातको काम भयो
"एउटा अर्को देवदास" आज मेरो नाम भयो
रावण थियो बलवान वा भईन् सीता बेइमान
पुर्पुरोमा हात राखी टोलाउने राम भयो
समयले निको पार्छ भन्थे सबै घाउहरू
बिर्सेका ति चोटहरू सम्झाउने डाम भयो
मन मन्दिर सजाउने देवी भेटे तिमीमा नै,
भाग्य वैरी भएपछि व्यर्थै तामझाम भयो
खुशी बाँड्थे सबै माझ मुस्कान हुन्थ्यो परिचय
किन दु:खी "सबिन" आज? चर्चा खुले आम भयो
कपिलवस्तु