अरबको तातो घाममा तिम्रो मान्छे ढल्यो भन्दिनु
तिम्रै नाम जप्दा जप्दै उस्को श्वास चल्यो भन्दिनु
पूर्णिमाको जुन जस्तै तिम्रो रुप सजाउँछु भन्दै
सुन टिप्न गा'को मान्छे आगो भित्र बल्यो भन्दिनु
जिर्ण भ'को कुन्ता शरीर त्यो काममा जोत्दा जोत्दै
मर्नु अगि दुब्लाएर सियो जस्तो गल्यो भन्दिनु
खुशी निखन्छु भन्दै आँसु पुछने तिम्रो आधार
निराधार भो रे सपनाले पनि छल्यो भन्दिनु
उफ्री उफ्री छुन सकिन आकाश भन्दै रुन्थ्यो
कति थे'रे आशाहरु उसैसँग जल्यो भन्दिनु