ठुटा मुढा दुख्न थाल्छन् बन्चराले हानेपछि
झर्छन फूल हाँगा बाट आङ्कुसेले तानेपछि ।
स्यालहरु राज गर्छन् कुकुरहरु भुक्न थाल्छन्
छोपी सत्य कायरताले झुट सारा मानेपछि ।
हरियो बाँसमा सुत्छ देश सारा तन अर्पण गर्दै
अशान्तिले कात्रो चढाइ भष्टहरुले बानेपछि ।
रावणहरु बन्छन योगी रामका यी ईलाकामा
भ्रममा परी सीताजीले असल जोगी ठानेपछि ।