17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल तिर्थ(यात्री) पौडेल June 22, 2010, 7:53 pm

कहिले प्यारका कुरा गर्यौ

कहिले यारका कुरा गर्यौ

आफ्नो कुरा माथि पार्नलाई

त बफादरका कुरा गर्यौ

ढोग्न गयौ बिदेशीको पाउ

र वारपारका कुरा गर्यौ

जुटेन सहमति निकासको

फेरि हतियारका कुरा गर्यौ

लखनपुर ३, झापा; हाल: बहराइन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।