टोलाएर हेर्ने गर्या जुन फेरीयोकी
मलाई दिने तिम्रो त्यो गुन फेरीयोकी
आपसमा सबै रङ्ग साटासाट थियो
एक्लै छडि गई कतै खुन फेरीयोकी
मन साटि एकान्तमा निक्कै हराउथ्यौ
मिलि सुन्ने बाँसुरीको धुन फेरीयोकी
मन साटि एकान्तमा निक्कै हराउथ्यौ
अर्कैतिर चिनो साट्दा सुन फेरीयोकी
संघर्षमा जीवन काट्ने अठोट थियो
सरलता भेट्न जादा नुन फेरीयोकी
रानिटार ४, पाँचथर