18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रविण भट्टराई "प्रयाश" June 18, 2010, 9:37 pm

अर्थ उही हो नेपालमा बोलि फेरियो

रङ्ग उही हो नेपालमा होलि फेरियो

हेर अचम्म छ देश को रमिता पनि

सत्ता उही हो नेपालमा चोली फेरियो

मूल फुटी सक्यो रगत को अब झन् हेर

बन्दुक उही हो नेपालमा गोलि फेरियो

शासनको भिख जनतासंग मागे पनि

जोगी उही हो नेपालमा झोली फेरियो

महंगाई र हड्तालले हाँगा हाली सक्यो

मट्टीतेल उही हो नेपालमा सोली फेरियो

आफै पेट भर्छन नेता केहि गर्ने होइनन्

आज उही हो नेपालमा भोलि फेरियो

दुधराक्ष १, रुपन्देही

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।