18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत दलवीरसिंह बराइली "घायल" June 17, 2010, 9:42 pm

रोपाँई गर्न मिलेर हामी झरौं है ओराली

असारै लाग्यो लिएर आउँ हलो र कोदाली

लाउँला बेठी माइली जेठी आउँनु रोपार

नारौंला गोरु बाउसेहरु बस्नु'नि तयार

धानको बिऊ फिंजाई दिंउँ पानीमा पखाली

असारै लाग्यो लिएर आउँ हलो र कोदाली

लगाई कुलो बनाउँ हिलो दाँदेले पेलेर

दही र केरा खाउँला खाजा चिउरा मोलेर

दर्किन्छ पानी घुम्छत्री भा'नि ल्याउँनु नभुली

असारै लाग्यो लिएर आउँ हलो र कोदाली

गुप्तेश्वर-३,रामेछाप, हाल:अबुधबि,युएई

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।