पैरो जान्छ यै मनमा, तिमी नहाँस्नाले
बिरहमै गाउँछे कोइली प्रीति नगाँस्नाले
तिम्रै मनका सबै कुरा, चाहन्थेँ म लेख्न
अँध्यारो त्यो तिम्रो मुहार, सक्दिनँ म देख्न
आकाश आज रोएको छ, जून नडुल्नाले,
शीत पोख्ने बिहान पनि, आजै नखुल्नाले !
पैरो जान्छ यै मनमा...........
बिरहमै गाउँछे कोइली..........
पर्नु पिर पर्यो मलाई, बिराएँ कि कतै
ठट्टा गर्दा आफ्नै खुशी हराएँ कि कतै
बिसन्चो पो भयो कि त ,कोमल तिम्रो तनमा
अँध्यारो त्यो मुहार देख्दा, काँडा बिझ्यो मनमा
पैरो जान्छ यै मनमा...........
बिरहमै गाउँछे कोइली..........