18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल नन्दलाल आचार्य June 14, 2010, 10:35 pm
नन्दलाल आचार्य
नन्दलाल आचार्य

मिलेको छैन अचेल अन्न हजुर

बोली मात्र निस्कँदैछ धन्न हजुर।

धेरै खायो भन्नेहरू धेरै छन् यहाँ

के भन्नू पेटमा छैन टन्न हजुर।

डाडूपैँन्यु अर्कैको आफ्नो छैन

लाज हुन्छ आँत सुक्यो भन्न हजुर।

सबको मान्छे हुन त त्यत्तिकै भो

गाह्रो भयो आफ्नै मान्छे बन्न हजुर ।

बल्लतल्ल भेटिएमा कुर्सी पनि

दिनगन्ती शुरू गर्छन् गन्न हजुर।

तपेश्वरी-1,उदयपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।