भगवानले कस्तो मान्छे जुराएछ नभन्दिनु
तिम्रै निम्ति तोलाउँदा बौलाएछ नभन्दिनु ।
म पनि त मान्छे नै हुँ कहाँ हुन्छु सधैं खुशी
कैलेकाहीं उदास हुँदा रिसाएछ नभन्दिनु ।।
जे नि गर्छु यो जीवनमा तिम्रै निम्ति गर्छु प्रिय
सानो गल्ती हुँदा घरै भत्कएछ नभन्दिनु ।।
अरू को नै छ र मेरो तिमीबाहेक जिन्दगीमा
यो ज्यानलाई अन्तै माया लुटाएछ नभन्दिनु ।।
तिमी हाँसे हाँसेकैछु तिमी रोए रोएकैछु
कुन दिनमा कस्तो जालमा अल्झाएछ नभन्दिनु ।।