18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राजकुमार कान्छा June 12, 2010, 9:08 pm

तिम्रो मनको मझेरीमा टेक्न देऊ मलाई

तिम्रो मनकुनामा नाम लेख्न देऊ मलाई

तिमी जान्छ्यौ जहाँजहाँ पच्छ्याउँछु बरु

उडाइलाने बतास त्यो छेक्न देऊ मलाई

हजार चोट देऊ बरु पीडाको उपहारसँगै

थोरै हाँसो भित्रको पीडा थेग्न देऊ मलाई

आरोपित हुन्छ बरु, खातिर तिम्रो प्यारको

बेफिकर चेहरा तिम्रो ‘बस’ देख्न देउ मलाई

प्राप्ति अर्कै कुरा प्यार मनको चाहना हो

दुईचार कदम साथ तिम्रो नेग्न देऊ मलाई

राप्ती

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।