रुपको पनि हिजो आज अत्याचार हुन थाल्यो ,
त्यहि रुपले कयौं दिल गिरफ्तार हुन थाल्यो ।
बाँधेर पो राख्नु कि, छोपि राख्नु कहिं कतै,
मन चोरी किन अचेल बारम्बार हुन थाल्यो ।
फलाम काट्ने करौतीले, मुटु काट्दो रैछ रुपले,
अलिकति कहाँ हो र, छाति वारपार हुन थाल्यो ।
दुईटा आँखा मेरा लागि एउटै वाँणका तिर भए,
घाईते मन आफ्नै सामु लम्पसार हुन थाल्यो ।
लखनपुर ४, झापा