पाप लाग्ला देश यसै कुहाएर जन्ता मारे
श्राप लाग्ला सधैं सधैं रुवाएर जन्ता मारे ।।
तररर बग्ने आँशु गाली देलान तिमीलाई
दोष लाग्ला तिम्लाई विष खुवाएर जन्ता मारे ।।
तिम्ले पनि आत्महत्या गर्नु पर्ला कुनै दिन
मधुमधुर सपनाहरु तुहाएर जन्ता मारे ।।
उजाड होला हाँसो तिम्रो जस्तो हामी जन्ताको छ
पीडैपीडाको कुवामा नुहाएर जन्ता मारे ।।
धर्रधरी रुने आँखा धिक्र्लान हैं तिमीलाई
तड्पाई तड्पाई आँशु भेल चुहाएर जन्ता मारे ।।
डडेल्धुरा