तिम्रो मेरो मुटु एउटै शरीरको पाटो फरक।
तिम्रो मेरो लक्ष्य एउटै यात्रा गर्ने बाटो फरक।।
तिमी जहाँ फुल्न चाह्यौ मैले त्यही फुल्न चाहे।
तिम्रो मेरो चाह एउटै प्रेम रोप्ने माटो फरक।।
तिमी धेरै टाढा जादा पिडा हुन्छ मलाई पनि।
तिम्रो मेरो मन एउटै च्यातिएको फाटो फरक।।
कती सह्यौ चोट तिम्ले त्यती लिए मैले पनि।
तिम्रो मेरो घाऊ एउटै नमेटिने टाटो फरक।।
चित्रे भञ्ज्याङ-३, स्याङ्जा