सुनौलो बिहानी नयाँ देखिदैछ
र एउटा अनौठो कथा लेखिदैछ ।।
किराले सडेको कुनामा लडेको
पुरानो बुटाको जरा भेटिदैछ ।।
नगर्ने नमर्ने न निभ्ने न बल्ने
अँध्यारो निशाको कला छेकिदै छ ।।
कता हो कता हो यसो निस्किएर
लुगामा सरेको लुतो मेटिदैछ ।।
भरोसा नसुक्ने र आशा ननिभ्ने
सुधाले भिजेको धरा टेकिदैछ ।।