18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कपिल अन्जान June 6, 2010, 8:46 pm

बाँच्नु सीमित छ काम चलाऊ

मर्नु निश्चित छ काम चलाऊ

तिमीलाई बाँकी जिन्दगी जिउन

पुरानो अतीत छ काम चलाऊ

जसले सङ्घर्ष गरी रहन्छ

उसैले जित्छ काम चलाऊ

मर्नै पर्छ जन्मिएपछि त

संसारको रित छ काम चलाऊ

आफ्नो भन्नु बुढेसकालमा

गजल गीत छ काम चलाऊ

कोलहपुर–२, बाँके

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।