तिमी रुँदा वर्षे झरी नरुँदा नि उस्तै
साथ हुँदा हर्ष सरी नहुँदा नि उस्तै
रहिनछ्यौ तिमी, जति मुलायम देखिन्छ्यौ
छुँदा मुलायम स्पर्स सरी नछुँदा नि उस्तै
मन्द तातो मैनसरी स्पर्स तिम्रो वदनको
तिमी चुम्दा उत्कर्ष सरी नचुम्दा नि उस्तै
मनपरी कि जलपरी चन्द्रसरी उज्यालो
प्यारले धुँदा काश्मीरी नधुँदा नि उस्तै
तिम्रो रुपको परिचर्चा घग्गरानी भन्छु
लाजले झुक्दा सर्वश्री नझुक्दा नि उस्तै
राप्ती