18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल रामकुमार बुढा मगर June 5, 2010, 8:27 pm

आँखा भरी आँशु देखाई देखा परेको मेरो रोल्पा ।

दाजुभाइको युद्धलाई हेर्ने गरेको मेरो रोल्पा ।

तन्नेरी त बेपत्ता छन् बृद्ध आमा बाबा मात्रै,

आफ्नै मान्छे देखि, पछि सरेको मेरो रोल्पा ।

गाउँबस्ती त खाली छन् खेतिबारी उजाड,

हत्या-हिंसा नसही जिउदै मरेको मेरो रोल्पा ।

पवित्र ति जलजला शान्ती खोजी रोइरहेछ,

अशान्ति नसही एकातिर हरेको मेरो रोल्पा ।

कति आमा सन्तानबिहिन कति दिदी बिधुवा,

दाजुभाइको रगतले खरेको मेरो रोल्पा ।

बृद्ध ति बाबा आमा शान्ति खोजी रोइरहेछन्,

हत्या र हिंसाको बिउ छरेको मेरो रोल्पा ।

गैरीगाउँ-८ रोल्पा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।