गाउँ छोड्दा बनेको सुल अझै भुलेको छैन,
सहर पस्ने गरेको भुल अझै भुलेको छैन,
सधैं आगनका डीलभरि फुलेर सुवास छर्दै ,
स्वागतमा फुलिरहने फूल अझै भुलेको छैन,
कुहिरोको आंचल ओढ्दै बर्सिरहेकै बेला ,
धर्ती छेड्दै फुट्ने मूल अझै भुलेको छैन,
बर्षा संगै गडगडाऊदै उर्लिएका भेल बाढी,
पार गर्न बनेका ती पुल अझै भुलेको छैन,
'आभास' गाउँमा अचेल तेरो हुन छोड्यो भन्दै ,
बोलाईरहने तिनै बुलबुल अझै भुलेको छैन
रसायन शास्त्र, केन्द्रीय बिभाग,कीर्तिपुर, काठमाडौँ