माया दुई चार गर्छन् धेरै व्यापार गर्छन्
साँच्चै के हो था छ बिना आधार गर्छन् ।।
स्वर्थी दुनियाँको एकलकाटे कुरा
म मान्दिन साथी मान्छेले प्यार गर्छन् ।।
राम्रो देख्यो चित्त बुझ्यो माया बस्यो
अहँ मन परेन पछि विचार गर्छन् ।।
मायाको नाउँमा नै मात्तिने खेल हुन्छन्
अनि टाढा हुन किन हतार गर्छन् ।।
दिलमा धोका हुन्छ मुटु दुख्छ अनि
झुण्डिन्छन् हाम्फाल्छन् आफ्नै संहार गर्छन् ।।