18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राजकुमार कान्छा May 27, 2010, 8:28 pm

आजभोलि तिम्रो हालचाल कस्तो छ ?

गाउँघर छिमेकमा सञ्जाल कस्तो छ ?

तिम्रो छरछिमेकमा चर्चापरिचर्चा उस्तै

विग्रियौ रे भन्छन्, तिम्रो चाल कस्तो छ ?

नसिली मान्छे, नसालु नजर, बोली पनि उस्तै

उस्तै छ्यौ कि ? तिम्रो मनको छाल कस्तो छ ?

अपत्यारिला कुरा, साँचो चर्चा गाउँघरको

बचाइराख्न तिम्लाई छोप्ने पाल कस्तो छ ?

मोहिनी बनेर तिम्ले, फसाइसक्यौ रे सारालाई

अब समाज फसाउने तिम्रो जाल कस्तो छ ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।