अचानक रोकियो गति जिन्दगीको
यस्तै भए बिग्रन्छ कि मति जिन्दगीको
न पाएँ न केहि गुमाएँ आजसम्म
जानु पर्छ कि सति जिन्दगीको
जहाँ टेक्यो उही पहिरो यो के अचम्म
बोझ भएछु क्यार अति जिन्दगीको
किन तेरो मेरो कतै नबुझेर हो कि
हारे सबै भए जति जिन्दगीको
लछार्छ पछार्छ कतिलाई के के गर्छ
आखिर जे होस् हुदैन खति जिन्दगीको
बबिया चौर, ९ सुर्खेत, हाल:- मुम्बई