18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दलवीरसिंह बराइली "घायल" May 26, 2010, 8:09 pm

छोटो भयो कालो लामो बाल यती चाँडै

कसरी हो भयौ मालामाल यती चाँडै

गत साल मात्रै न हो शहरमा आ'की

लौ हेर त बद् लिएछ चाल यती चाँडै

गाउँ छँदा हामीसँग बोल्नै लजाउँथ्यौ

बजारमा भयौ फालाफाल यती चाँडै

मिठो बोली राम्रो गुण चरित्र थ्यो तिम्रो

त्यो सबैको भयो अनिकाल यती चाँडै

पहिले झैं छैनौ तिमी आज अर्कै देख्छु

किन गयो निष्ठुरी त्यो साल यती चाँडै

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।