टाढियो साइनो, 'गाउँ'सँग अचेल
आफू जन्मेको, 'ठाउँ'सँग अचेल
को खाइ भन्दै, खुवाउँथे अनेक
टाढियो साइनो, 'खाउँ'सँग अचेल
हिँडिन्थ्यो कत्ति, तातेबामे सर्दै
टाढियो साइनो 'जाउँ'सँग अचेल
अनेक भन्दै, बोलाउँथे रिसाउँदा
टाढियो साइनो, 'नाउ'सँग अचेल
देख्नै नहुने, नयाँनयाँ नाना
टाढियो साइनो 'लाउँ'सँग अचेल
हुर्काए बढाए, कत्ति दुःख गर्दै
टाढियो साइनो, 'माउ'सँग अचेल