18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल शर्मिला नेपाल "श्रद्धासुमन" May 24, 2010, 9:23 pm

हिजोसम्म आफ्नै थियौ अब पराई ठाने हुन्छ

जता बढ़ी दुख्छ मलाई छानी छानी हाने हुन्छ

दोबाटोमा उभिएछौँ बिचमा ठुलो संसार रै'छ

मेरो हात छोड़ी तिम्ले उसकै हात ताने हुन्छ

दुई किनारा भएछौँ बिचमा खोला बगेकैछ

मिलनको त्यो पल आउन्न अब जाने हुन्छ

ख़ुशी हुनु म दु:खी भएर त के भयो

मेरो सास छँदै तिम्ले मुर्दा भनी माने हुन्छ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।