आवाद बिनाको उजाड सहर भो जिन्दगी
भित्र भित्रै मक्किसकेको खण्डहर भो जिन्दगी
कस्तो दुर्भाग्य टुटीदिए सपनाहरु सबै
बिपनी नि भत्के रहरै रहर भो जिन्दगी
बाँच्नुको नाममा हरपल मरिरहेछु सधैं
अरुलाई अमृत मेरालागि जहर भो जिन्दगी
जब निखारेर हेर्छु जिंदगी किन यस्तो लाग्छ
दिलबाट निस्केको आँशुको नहर भो जिन्दगी