चेरी फुल्दा परदेशमा, गाउँ सम्झियौ कि,
नासपाती र आरु फुल्ने ठाउँ सम्झियौ कि !
गाढा हुन्छ भन्छन माया, टाढा भएपछि,
टाढैबाट बृद्द आमा-बाउ सम्झियौ कि !
अरबको तातो होस् कि, सासकाचुनको चिसो ,
मजबुरीमा सामन्ती र साहु सम्झियौ कि !
छिमेकीले साँध-किल्ला मिच्यो अरे भन्छन ,
निर्धो हेप्ने छिमेकीको नाउँ सम्झियौ कि !
देश फेर्न जानेहरु फेरिएको कथा ,
दोहोरिंदा डिकेन्द्रको* घाउ सम्झियौ कि !
(*कम्जोर आर्थिक अवस्था र बेरोजगार छोरालाइ रोजगारी नपाएको पीडामा एमाले मुख्यालय अगाडि रुखमा झुडिएर आत्माहत्या गर्ने झापाका एक समाजबादी योध्दा डिकेन्द्र राजबंशी)
भ्यांकुवर, क्यानाडा