बैगुनीको साथ भन्दा, एकान्तको रात मिठो।
बेदनाको खाग भन्दा, न्याउलीको बात मिठो।।
अजम्वरी माया दिदा, बिछोडीन पर्छ भने।
जवानीको मात भन्दा, तिम्ले दे'को घात मिठो।।
अमृतको प्याला भरी, विष लिनु पर्छ भने।
विषैविष्को प्यास भन्दा,चोटैचोट्को खात मिठो।।
कोपिलामै झरी फूल, बास्ना नदिइ गए भने।
गुलाबको जात भन्दा, पलासको पात मिठो।।
वसन्तको याम माग्दा, सिरेटोले हान्छौ भने।
शिशिरको प्रात भन्दा, खरानीको राप मिठो।।
चित्रे भञ्ज्याङ-३ स्याङ्जा