मिलनको मौसममा रात सँधै बाँकी होस
दुबैलाई जवानीको मात सँधै बाँकी होस
हरियाली बगैंचाको फूल तिमी भमरा म
काँडा फालौं कलिलो त्यो पात सँधै बाँकी होस
अपुरो र अधुरो छौं एक अर्को बिना हामी
दु:ख सुख सहयोगी हात सँधै बाँकी होस
जिन्दगी यो हाँसी खुशी रमाइलोसँग बित्छ
मायालु ति मिठा मिठा बात सँधै बाँकी होस
पिरतीमा हारजित कहिल्यै नि हुँने छैन
बिना कानुनको वकलात सँधै बाँकी होस