17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल तिर्थ(यात्री) पौडेल May 14, 2010, 8:47 pm

गरिबको झोपडीमा आगो बल्यो धप्प धप्प

अनायासै नयनाजल झरी गयो तप्प तप्प

महंगीले शिखर छोयो अत्याचारले सिमा नाघी

आँशुसँग ढीडो मुछी खानु पर्यो खप्प खप्प

श्रम गर्ने श्रमजीबी नंग्रा ख्याई मरि मरी

महलमा ब्वाँसाहरुले बसी खायो लप्प लप्प

आकास ओडी निदाउनु छ भोक खाई गरिबले

चौरासी ब्यञ्जनसँग ठालुहरू चुस्छन फियो चप्प चप्प

लखनपुर ३, झापा, नेपाल,

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।