तिम्रो रूप सजाउने कालो गाँजल भैदिन्छु म
आँखा लाग्ला तिमीलाई ढाक्ने आँचल भैदिन्छु म
पाईला तिम्रो चल्दा खेरी प्रकृति नि झुम्छ सँगै
चालमा तिम्रो ताल मिलाई बज्ने पायल भैदिन्छु म
रूप तिम्रो देखेपछि जलि मर्ला सूर्य पनि
ढुक्कसँग हिँड्नु तिमी छेक्ने बादल भैदिन्छु म
साथ तिम्रो हुनेछु म जता तिमी लागे पनि
सही गलत थाहा छैन मूर्ख पागल भैदिन्छु म
गहभित्र सागर छ छेक्न गाह्रो पर्ला कतै
परेलीको डिल्मा बसी रोक्ने गाजल भैदिन्छु म
दु:ख सबै लिन्छु आँफै सुख जति तिमीलाई,
तिमी खुशी भई नाच बज्ने मादल् भैदिन्छु म
कपिलवस्तु