देश सँगै आज मेरो मुटु दुखेको छ
दुखाइको पीडाबढ्दा मुखै सुकेको छ ।
स्वाभिमान बेच्नेहरु उन्कै नाम ठुलो
त्यसैले त साँध मिच्ने बाटो खुलेको छ ।
नेपालका दस्तावेज भारतीय सँगै
विरोध गर्ने नेताज्यूको नाकै लुकेको छ ।
नेपालको राजनीति सत्ता लिप्सा मात्र
आफ्नो धर्ती लुटाएर नाम फुकेको छ ।
सन्सारमै सबैभन्दा अग्लो सगरमाथा
नेपालीको टोपीसँगै तल झुकेको छ ।
गजल कुटेरी, विशालमार्ग, नारायणगढ ।