18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कपिल अन्जान May 11, 2010, 10:44 pm

पत्रकार कसैको हुँदैन

साहित्यकार कसैको हुँदैन

जानु छ मरेर जानु छ

यो संसार कसैको हुँदैन

आज एउटा छ भोली अर्को

बालुवाटार कसैको हुँदैन

शैयामा पुगेर गजल सुनाऊ

लाग्छ उद्धार कसैको हुँदैन

उनी मेरी भइनन् भने

यो गजलकार कसैको हुँदैन

कोहलपुर–२, बाँके

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।