हुनु भन्दा नहुनु भयो नयाँ नेपालमा
जाजरकोट र डोटी रोयो नयाँ नेपालमा ।
अन्याय अत्याचार भ्रष्टाचार कै खेति
न्याय सुशासन कहाँ गयो नयाँ नेपालमा ।
ठुला मात्रैको आशन जमाउने शासन
मै हुँ भन्ने बाढी आयो नयाँ नेपालमा ।
विकाशको मुल फुट्ने आशा लिएकाथ्यौं
कसले के नैं पो पायो र नयाँ नेपालमा ।
रझेना ५, कृष्णनगर, बाँके