जवानीमा कसैको पनि डर हुन्न भन्छन्
पिरतीमा त्यसैले पनि भर हुन्न भन्छन् ।
अल्लारेमा जवानीलाई दाउ राख्छौ किन
खेल ठट्टा गर्नेको पनि घर हुन्न भन्छन् ।
प्रेम पत्र कोरे मात्र माया सफल् हुन्न
मुटु मुटु नसाटी पनि धर हुन्न भन्छन् ।
चोखो माया भएमा मात्र प्रेम दिगो हुन्छ
माया प्रिती गाँस्नेको पनि थर हुन्न भन्छन् ।
मनबाटै माया लाए जिवन् सफल बन्ला
माया लाउन पनि यहाँ कर हुन्न भन्छन् ।