बस्तीदेखि बस्तीसम्म एउटा पुल बाँध्न पाए,
मनदेखि मनसम्म मितेरी धुन साँध्न पाए।
बुद्ध फेरी जन्मन्थे कि बम र बारूद लुकाएर,
भूलदेखि फूलसम्म संसार सारा साँच्न पाए।
राता नदी हरिया बग्थे पवित्र र चोखा बन्थे,
मेचीदेखि कालीसम्म एउटै मुटु बाँच्न पाए।
टाढा छैन गन्तव्य त्यो लानू छैन मरेर क्वै,
हितदेखि मितसम्म मनको प्रित गाँस्न पाए।
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सारा साथमा,
सागरदेखि शिखरसम्म मुलुक स्वच्छ हाँक्न पाए।
काव्य कुञ्ज, गठ्ठाघर, भक्तपुर