18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बोध राज पन्त ‘अनागत’ May 8, 2010, 8:27 pm

भएन ख्वै सोंचे जस्तो, नहुन सक्छ

दोष मेरो मात्रै पनि त नहुन सक्छ ।

असार लाग्छ पानी पर्छ भनेका थियौं

हिंउँ पर्यो, भने जस्तै नहुन सक्छ ।

तेरो स्वार्थ पुरा गरिस् भन्छ्यौ तिमी

मेरो एक्लो कुनै स्वार्थ नहुन सक्छ ।

कति गाली खाएँ कति पीडा सहें मैले

यति चौडा छाती तिम्रो नहुन सक्छ ।

किन लोग्ने मान्छे मात्रै सधैं दोषी हुन्छ ?

लोग्ने मान्छे सधैं माथि नहुन सक्छ ।

मणिग्राम, रुपन्देही; हालः हुम्ला

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।