18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भाष्कर काजी May 8, 2010, 12:03 am
भाष्कर काजी
भाष्कर काजी

आँखा खुलेपछि पो तिम्रो रङ्ग देखेँ

देश चलाउने अनौठो यो ढङ्ग देखेँ ।

मुखले राम राम बोल्छौ,कति मीठो !

जे भन तिम्लाई हतियार सङ्ग देखेँ ।

हाड बिनाको जीब्रो, शान्ति पुकार्छौ ?

तिम्रो जुङ्गामा बर्वादीको जङ्ग देखेँ ।

पापा चीची माग्छौ, खै कल्ले दिने ?

भुराभुरी झैँ गर्छौ तिम्रो तङ्ग देखेँ ।

गोरु नब्याउने रैछ, पक्का भो अब

तिम्रै श्रृखलाको पनि क्रम भङ्ग देखेँ ।

रुँघा – ७ , रुकुम, हालः काठमाण्डौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।