18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल हस्त गौतम मृदुल May 7, 2010, 11:49 pm

एकपछि अर्को सहमति—सहकार्य—टुटेको छ

इमान्दारीका धरोहरहरु नै पछाडि छुटेको छ

तोडिदै छन् मुलुकमा एकताको संस्कारहरु

गुटवन्दीको राजनीतिले त शान्ति लुटेको छ

पृथक पृथक ईच्छाशक्तिहरुले विभाजन ल्याई

सुनौला सपनाहरु ज्यादतीले संधै भुटेको छ

इतिहासमा अटाउने ईमान्दारीता नै भेटिन्न

यहाँ बिखण्डनको बेमौसमी याम जुटेको छ

खुलेआम चीरहरण हुनाका खाँट्टी कारण छन्

शकुनी संस्कारले हाम्रो संधै भाग्य फुटेको छ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।